कृषकलाई मल उपलब्ध गराउन राप्रपाको माग

2022-06-02 मा प्रकाशित

धुलाबारी, १९ जेठ । बजारमा रसायनिक मलको अभाव रहेको भन्दै कृषकलाई मलको आपूर्ति सहज बनाउन राप्रपाले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
विहीबार राप्रपा मेचीनगरको कार्यक्रम समायोजन समिति एवम् प्रतिनिधि मण्डलका संयोजक रमेश दाहालको नेतृत्वमा नगरपालिका गएको टोलीले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीलाई सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।

धान खेती, चिया खेती लगायतका विभिन्न क्षेत्रका कृषकहरुलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल हाल बजारमा अभाव रहेकोले स्थानीय तहको सरकारले तत्काल उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीलाई आग्रह गरेका छन् ।

वर्षातको समय भएकाले कृषकहरुलाई मलखादको समस्या रहेकोले नगरपालिकाले त्यसमा ध्यान दिन आवश्यक रहेको संयोजक दाहालको भनाई छ ।

टोलीमा राप्रपाका संयोजक दाहाल, मेचीनगर अध्यक्ष सविना बजगाँई, सचिव विशाल कृष्ण बाँस्कोटा, नेताहरु कल्याण खड्का, चन्द्रप्रसाद निरौला, सचिन निरौला, होमनाथ प्रसाई लगायतका नेता तथा कार्यकर्ताहरु थिए ।

नगरप्रमुख बुढाथोकीले कृषकलाई मलको समस्या रहेको अवगत भएको बताए । ‘यो समस्या देशभर छ’ बुढाथोकीले भने–‘स्थानीय सरकारले यसका लागि केन्द्रमा सिफारिस पठाउने र पहल गर्नेछौँ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु