बाहुण्डाँगीलाई प्राकृतिक सौन्दर्य वडाको रुपमा विकास गर्ने वडाको तयारी , वातावरण दिवसमा २ हजार विरुवा रोपिदै

2022-06-04 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडालाई नगरमै फरक पहिचान स्थापित गर्ने गरी बिभिन्न कार्यक्रमको तयारी थालेको छ । हात्ती र बहुण्डाँगी पर्याय जस्तै बनेको बाहुण्डागीलाई अव सुन्दर र हरियाली वडाको रुपमा विकास गर्न वडाले बिभिन्न प्रजातिका विरुवा रोप्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । वडाले आइतबार विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका २ हजार विरुवा रोप्ने तयारी गरेको छ ।
शुक्रबार वडा नम्बर ४ को प्रसाद गौडा स्थित मेची वगर छेउमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष अर्जुनकुमार कार्कीले सो कुरा बताएका हुन् ।

मेचीनगरका केही ठाँउमा ५ सय र आफ्नो वडामा १ हजार ५ सय विरुवाहरु रोप्ने तयारी गरिएको वडाध्यक्ष कार्कीले बताए । कार्यक्रमको उद्घाटन गर्न कोलकाताबाट नेपाली महाबाणिज्य दुतावासका प्रमुख महामहिम ईश्वरराज पौडेल आउने भएका छन् ।

सो अवसरमा नेपाल र भारतबाट पनि विज्ञ तथा जिम्मेवारी तहका महानुभावहरुको सहभागिता रहने जनाईएको छ । लामो समयदेखिको हात्तीको समस्या र अन्य वडाका विषयमा सोमबार गोष्ठी समेत आयोजना गरिएको छ ।
बर्षै देखि हात्तीको समस्याबाट प्रताडित बन्दै आएका सो क्षेत्रका जनताको समस्यालाई समेत वडाले प्राथमिकतामा राखेर कार्यक्रम बनाइरहेको छ । भारतीय भूभागबाट सो क्षेत्रमा हरेक दिन हात्ती प्रवेश गर्दा धेरैले अकाल मृत्युवरण गर्न परेको छ भने अन्नबाली खाएको लेखाजोखा छैन् । वडाले हात्ती प्रवेश गर्ने क्षेत्रमा भरपर्दाे तारबारको व्यवस्था गरेर प्रवेशमा पूर्ण रुपमा रोक लगाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु