खानेपानी तथा सरसफाइ सदस्यमा झापाका सन्तोष आचार्य

2022-06-04 मा प्रकाशित

झापा । नेकपा एमालेको केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्यमा झापाका सन्तोष आचार्य मनोनित भएका छन् ।
विहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विभिागको वैठकले ३३ वटा विभाग मध्ये १३ वटा विभागको सदस्यहरु मनोनित गरेको हो ।

जसमध्ये झापाबाट मेचीनगर–६ का आचार्यलाई खानेपानी तथा सरसफाइ विभागको सदस्यमा मनोनित गरेको थियो ।

झपट रावल प्रमुख रहेको खानेपानी तथा सरसफाइ विभागमा इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, सन्तोष आचार्य, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले बताए । यसअघि बाँकी अन्य सबै विभागहरु गठन भईसकेका छन् ।

आचार्य झापा एमालेका पूर्व जिल्ला सदस्य, हाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु