वातावरण दिवसमा मेचीनगर वडानम्बर ४ मा बिविध कार्यक्रम, दुई हजार विरुवा रोपियो

2022-06-05 मा प्रकाशित

बाहुनडाँगी, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ नम्बर वडा कार्यालयले आइतबार बृक्षारोपण तथा बिविध कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा रोपण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

विना कुर्सी बनाइएको मञ्चमा बसेका अतिथिहरुले कार्यक्रम स्थलमा राखिएको स्थानीय लोप हुन लागेको ग्रामीण क्षेत्रमा पाइने चरा, हात्ती , घरेलु परिकार, भेषाभुषा लगायतको स्टलको समेत अवलोकन गरेका थिए । सो अवसरमा पूर्वैली महिला समूह बिर्तामोडका महिला दिदी बहिनीहरुले नौमती बाजा बजाएर सबैलाई नचाएका थिए । कार्यक्रमलाई थप रोचक बनाउन परिवर्तन थिएटर काँकरभिट्टाले चेतना मुलक नाटक प्रस्तुत गरेको थियो भने कचनकवलबाट आएका गन्धर्वहरुको टोलीको समेत प्रस्तुती रहेको थियो । सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्राचिन सभ्यात र संस्कृति झल्कने बिभिन्न सामाग्रीको स्टल समेत राखिएको थियो ।
कार्यक्रममा अधिकांश बक्ताहरुले मानव जीवन रक्षाको लागि वाताबरण संरक्षणमा जुटुको बिकल्प नभएको बताए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती विशेष अतिथि रहेको कार्यक्रममा डब्लु डब्लु एफका डा। शान्तराज ज्ञवालीको समेत उपस्थिति रहेको छ । कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निलकण्ठ तिवारीले र सञ्चालन पुस्कर ढकालले गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु