शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता ः नगरप्रमुख बुढाथोकी

2022-06-06 मा प्रकाशित

धाइजन, २३ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकतामा रहने बताएका छन् ।
सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनलेसो कुरा बताएका हुन् ।

‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य नै हो । मानिसमा चेतना वृद्वि भए विकास आफसे आफ हुनेछ । सडक, पुल लगायतका विकास भनेको दोस्रो कुरा हो ।’

पानी स्वास्थ्यसँग जोडिएको विषय भएकोले निरोगी बन्न स्वास्थ पानी पीउन आवश्यक रहेको उनले बताए । उनका अनुसार नगरवासीलाई खानेपानीको अभाव हुन नदिन खानेपानीको नीति र तर्जुमा बनाएर अघि बढिने छ ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला, चिलिमगडी खानेपानी संस्थाका सहसचिव राजेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष लालबहादुर चौहानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ०७२ सालमा स्थापना भएको यस समूहमा १६५ वटा धारा व्यक्तीको नाममा र ७ वटा धारा सार्वजनिक रुपमा रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको स्वागत संस्थाका सल्लाहकार संयोजक ललितबहादुर विष्ट र सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु