कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ

2022-06-07 मा प्रकाशित

काँकरभिट्टा । मंगलबार बिहान काँकरभिट्टा स्थित काली खोला क्षेत्रमा सयौंको संख्यामा स्थानीय भेला भए र काली खोला तथा सोही स्थानमा रहेको धार्मिक स्थलको सरसफाइ गरे ।
पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर ६ले सरसफाइ अभियानमा सहभागि हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाई अभियानमा माननियदेखि वडाध्यक्ष,सहकारी अभियन्ता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।


पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्रका अध्यक्ष ओमप्रकास खापुङको सभापतित्व तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सरसफाई अभियान सम्पन्न भएको थियो । सरसफाई कार्यक्रम पछि आयोजित कार्यक्रममा प्रमुख अतिथि मैनालीले धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि वडाध्यक्ष ललित बहादुर तामाङले अभियानमा जटेका सवैलाई धन्यवाद ज्ञापन गरे । उनले हरेक हप्ताको शनिवार सो क्षेत्रमा सरसफाई अभिायन सञ्चालन गर्ने बताउँदै सवैलाई अभियानमा सहभागि हुन अनुरोध गरेका छन् ।
काली खाला क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेको रुपमा विकास गर्न ओम प्रकास खापुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेर प्रक्रिया अघि बढाएको समितिका सचिव शंकर भट्टराइले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु