नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता हुने

2022-06-09 मा प्रकाशित

मेचीनगर, २६ जेठ । बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् ।
विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् ।

२÷३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने उनले बताए । २० वटा वस्तुहरु के के हुन् त्यसबारेमा भने राजदुत चौधरीले खुलाएनन् । व्यापार र पर्यटन प्रबर्धनका विषयमा गहन भएर छलफल गरिने बताईएको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले नेपाल, भारत र बंगलादेशबीच व्यापार र पर्यटन प्रबर्धनका लागि सहकार्य गरेर अघि बढिने बताएका छन् ।

मेचीनगर नगरपालिका र बंगलादेशबीच भगेनी सम्बन्ध कायम गर्न स्थानीय सरकारको तर्फबाट नगरप्रमुख र उपप्रमुखले राजदुत चौधरीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल बंगलादेश फ्रेण्डसिप सोसाईटीका अध्यक्ष डा।खालिद हुसेन, मेचीभन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन निरौला, व्यवसायी बन्दना मेचे लगायतको उपस्थिती रहेको थियो ।

नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन टे«डर्सका अध्यक्ष योगेश राजबंशीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु