मिर्गौला पीडित १३ वर्षीय नवीनलाई सहयोग रकम जुटाइदिन परिवारको अपिल

2022-06-09 मा प्रकाशित

भद्रपुर । मिर्गौला पीडित भद्रपुर नगरपालिका( ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले अपिल गरेका हुन् ।

विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ बढी खर्च भइसकेको बताउँदै पूर्णमायाले भनिन्, ‘छोराको उपचारका लागि मेची अस्पताल भद्रपुर, ओम साई पाथीभरा अस्पताल भद्रपुर, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल काठमाडौँ धाइसकेको छु, हाल कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।’

‘आर्थिक अवस्था कमजोरका कारण श्रीमान् हरिप्रसाद रोजगारीका लागि खाडी मुलुक साउदीमा हुनुहुन्छ,’ उनले भनिन्, ‘श्रीमान् परिवार पाल्न विदेशमा, यता म छोराको उपचारका लागि अस्पताल धाउँदैछु, भएको धन सम्पत्ति पनि छोराको उपचारमा सकिसक्यो ।’

छोराको आर्थिक सङ्कलनका लागि भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयले दिएको पत्रको आधारमा सहयोग जुटाइरहेको उनले बताए । सिभिल बैङ्कको खाता नम्बर ०९८१०४६४९५२०१७ मा रकम जुटाएर सहयोग गरिदिन उनले आग्रह समेत गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु