चरा खोजकर्ता खरेललाई नाटाको सम्मान

2022-06-11 मा प्रकाशित

मेचीनगर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ ९नाट्टा० १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेललाई शनिवार सम्मान गरेको छ ।

नाट्टाले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

विगत ६ बर्षदेखि नेपालमा रहेका चरा तथा बन्यजन्तुको खोज तथा फोटोग्राफी गरिरहेका खरेलले लोपोन्मूख हङ्रायो, हरित परेवा लगायतका दुर्लभ चरा पूर्वी नेपालमा अस्तित्वमा रहेको सप्रमाण प्रस्तुत गरेर देश विदेशबाट प्रशंसा पाएका छन् ।

उनको खोजबाट नेपालको पर्यटन प्रवद्र्धन र प्राकृतिक वातावरण संरक्षणका क्षेत्रमा योगदान पुगेको संघले जनाएको छ ।

खरेलले हालसम्म मेचीनगर नगरपालिकाभित्र मात्र भेटिएका ३०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफैले खिच्न सफलता पाएका छन् । नेपाल चरा पर्यटनको हब बन्ने उनको धारणा छ ।

कोशी टप्पु, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल आदिको अध्ययन गरिसक्नुभएका खरेलले वन्यजन्तु आरक्षक्षेत्र र रामसार क्षेत्रबाहेक खुल्ला क्षेत्रमा तुलनात्मक रुपमा मेचीनगरमा धेरै प्रजातिका चराहरु पाइएको दाबी गर्छन् ।

संघका प्रदेश(१ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सम्मानमा संघका केन्द्रीय अध्यक्ष रमेश थापाले चरा खोजकर्ता खरेल मुलुककै प्रतिभा भएको बताए ।

नाटा १ नम्बर प्रदेशका अध्यक्ष श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दैँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरुले पर्यटन व्यवसायीहरूको हक, हित र अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जोड दिएका थिए । वक्ताहरूले विविध कारणले दैनिकजसो पर्यटन व्यवसायीहरू पलायन भएकाले उनीहरूको समस्या पहिचान गरि समाधानका लागि सम्बन्धित पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए ।

सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा वजेट विनियोजन गरे पनि ठोस रूपमा कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना समेत गरेका थिए । उनीहरूले देशभरका पर्यटन व्यवसायीहरू एउटै भएकोले राज्यले वजेट विनियोजन गर्दा समावेशीरूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष थापा, नेपाल पर्यटन वोर्डका कार्यकारी सदस्य कृष्ण शाह, नाट्टाका सल्लाहकार भविशकुमार श्रेष्ठ, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, नाटा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरी पाण्डे, नाट्टा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, नेपाल पर्यटन बोडका अधिकृत सुर्य थपलिया, सम्मानित व्यक्ति खरेल, होटल व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेको नाट्टाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

उद्घाटन सत्रको स्वागत वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले र सञ्चालन महासचिव नवीन खरेलले गरेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु