कोरोना भाइरस पुनः सक्रिय बन्दै , नेपालमा सक्रिय संक्रमितको संख्या १०६ पुग्यो

2022-06-13 मा प्रकाशित

झापा, जेठ ३० । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्न थालेको छ । छिमेकी देशहरु भारत र चीनमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि त्यसको असर देखिन थालेको विज्ञहरुले बताएका छन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण कोभिड १९ पुष्टि भएको छ । २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु