बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू

2022-06-13 मा प्रकाशित

डम्बर बराल

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् ।
सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ सदस्यीय समिति रहने उक्त अभिभावक संघको सदस्य सचिवमा विद्यालयका प्रअ नारायण प्रसाद न्यौपाने, पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा हालै नवनिर्वाचित मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर काकी , त्यसैगरी शिक्षक प्रतिनिधि सन्तलाल माझी चयन भएका छन् । समितिको पहिलो बैठकले एकजना सदस्य मनोनित गर्ने समितिले जनाएको छ ।


शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूको सभापतित्व तथा बिव्यस अध्यक्ष तथा मेचीनगर ५ का वडाअध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा , प्रमुख अतिथि कनकबहादर कार्की, विद्यालयका अक्षयकोषदाता ज्योती प्रकास पाठक, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष रंगलाल गिरी, अनन्त कुमार दाहाल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमल कुमार देवकोटा, लगायतले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासमा सबैले ध्यान दिनुपर्ने बताए । पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरेर विद्यालयमा प्लस टु सम्म पढाउनु पर्नेमा बक्ताहरुको जोड थियो ।
सो अवसरमा कमल कुमार देवकोटाले स्वं आमाको स्मृतिमा ५० हजार राशीको अक्षयकोष स्थापना गरिदिएका छन् । उक्त अक्षयकोषबाट कक्षा ५ पास गर्ने जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रावि इन्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु