मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न

2022-06-14 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ ।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय भएको र सोही अनुसार बहुवर्षे योजनाका साथ कालोपत्रे सडक निर्माण सुरु गरिुएको मेचीनगरनगरपालिका पूर्वाधार शाखा प्रमुख कमल कोइरालाले बताए । हाल नगरका १५ वटै वडामा कालोपत्रे अभियान चलिरहेको छ । कतिपय वडामा भने निर्माणकार्य पुरा भएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका वडाहरुमा कालो पत्रे सडक निर्माण सुरु भएपछि जनताले बिकास निर्माणले फड्को मारेको अनुभूति गर्न थालेका छन् ।
मेचीनगरको सुरेन्द्रनगर मार्गमा हालै २ किमि सडक कालोपत्रे भयो । नगरपालिकाले सो सडक निर्माणको लागि २ करोड ६० लाख रकम विनियोजन गरेको थियो । सडक निर्माणको ठेक्का लिएको उद्देश्य निर्माण सेवाले भ्याट सहित रु १ करोड ८०लाख ७४ हजार ७७७ रुपैयाँमा बजेटमा कार्य सम्पन्न गरेको छ । कामको जिम्मा पाएको उद्देश्य निर्माण सेवाले २०७९ बैशाख अन्तिम साता काम सम्पन्न गर्याे ।

मेचीनगर ३ स्थित दोकानडाँडाबाट पूर्व मेचीनगर ५ को सीमा घैलाडुब्बा पुलबाट कमलडाँडासम्मको २ किमि क्षेत्र सडक कालोपत्रे बन्दा स्थानीयहरुले विकासको अनुभूति मात्र गरेका छैनन् । उनीहरु गाउँमा कालोपत्रे सडक बन्दा हर्सित बनेका छन् । २ किमि क्षेत्रको सडकमा ६ मिटर बेस ,६ मिटर सव बेस र ५ मिटर पीचको भाग छ ।
मेचीनगर ५ मा दुईवर्षयता कालोपत्रे सडकले प्राथमिकता पाउँदै आएको वडासचिव यसु लिम्बुले बताए । उनी भन्छन्, यस अघि निर्वाचित जनप्रतिनिधिहरुले वडाको समग्र विकासलाई प्रथमिकता दिएर बजेट विनियोजन गर्दै आएको र वडामा पुल, पुलेसा, सडकस्तर उन्नती, खानेपानी, स्वास्थ्य बिजुलीविस्तर लगायतका क्षेत्रमा थुप्रै काम सम्पन्न भएको छ ।’
उता नवनिर्वाचित वडा अध्यक्ष कनकबहादुर कार्कीले वडालाई समृद्ध बनाउने अभियानमा आफूहरु निरन्तर लाग्ने बताए । हामी परिवर्तको अनुभूति हुनेगरी काम गछौँ । वडाध्यक्ष कार्कीले भने , ‘ संघीयता आएपछि पहिलो निर्वाचित जनप्रतिनिधिहरुले वडामा धेरै काम गर्नु भएको छ । हामी अव सिस्टमको विकास गरेर वडालाई समृद्ध बनाउने अभियानमा जुट्छौँ ।’ अघिल्लो निर्वाचित प्रतिनिधिहरुले वडामा कालोपत्रे अभियान सुरु गर्नु भएको छ कार्कीले भने,‘ यो अभियानलाई हामी पुरा गर्ने छौँ ।’ आगामी ५ वर्षमा मेचीनगर ८ को दुर्गामन्दिरबाट पूर्व राममन्दिर हुँदै सुरेन्द्रनगर मार्गमा जोडने सडक, बालकल्याण मावि मार्ग, प्रधानमन्त्री स्वरोजगार मार्ग , र मदन आश्रीत मार्गमा कालोपत्रे गर्ने र बिभिन्न सडक स्तरउन्नती गर्ने उनले बताए । वडाले पहिलो बैठकबाटै जनहितका कामलाई अघि बढाएको उनको भनाई छ । वडाले बिपन्न परिवारको पहिचान गरी निशुल्क खानेपानीजडान, शौचालय निर्माण र स्वास्थ्य बीमा गरिदिने निर्णय गरेर अभियान थालेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
उद्देश्य निर्माण कम्पनीले सुरेन्द्र नगर मार्ग मात्र होइन् मेचीनगर मेचीनगर ५,६ र ८ मा पर्ने झापा मार्ग, मेचीनगर १४ कै रामजानकी मार्ग र मेचीनगर ७ को जोर सिमल मार्गमा समेत कालोपत्रे निर्माण सम्पन्न गरेको सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी नयन बरालले बताए ।
झापा मार्गमा ३.५० किमि सडक कालोपत्र भएको छ । सडक निर्माणको लागि कुल ५ करोड बजेट बिनियोजन भएको भएपनि उद्देश्य निर्माण कम्पनीले ४ करोड ७८ लाख, ४२ हजार ६सय १४ रुपैया कामको जिम्मा लिएको थियो । सो सडकको ग्राभेल र बेस ६,६ मटिर र पीच ५.५ मिटर रहेको छ ।
त्यसैगरी मेचीनगर १४ को रामजानकी मार्ग २ करोड १३ लाख स्वीकृत रमकबाट २ किमि सडक कालोपत्र गरिएको छ । २ करोड १३ लाख भ्याट सहितको बजेट बाट निर्माण सम्पन्न सडक ५ मिटर पीच रहेको छ भने बेस र सब बेस ६, ६ मिटर रहेको छ ।
त्यसैगरी मेचीनगर ७ स्थित जोरसिमल सडक १ करेड ४१ लख ७९ हजार ३२९रुपैयामा निर्माण सम्पन्न गरिएको सडक २ किमि सडक , बेस ६, ६ मिटर र पीच ५ मिटर रहेको छ ।

यी चारवटै सडक २०७९ मंसीर १५ सम्ममा सक्नुपर्ने सम्भौतामा उल्लेख भएपनि सबै सडक ७ महिना अघि २०७९ बैशाखमा सम्पन्न गरिएको निर्माण कम्पनीले जनाएको छ ।
मेचीनगर ८ को जोरसिमल उत्तर दुर्गामन्दिर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । वडानम्बर ९, १०, ११ र १२ मा भने ६० प्रतिशत कम भएको र चाँडै कालोपत्र हुने निर्माण व्यवसायीले बताएका छन् ।
१ र ४ मा भने ढिलोगरी टेण्डर भएकोले भदौ सम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।
ठेक्का लिएको काम इमान्दारी पूर्वक पुरा गर्ने उद्घोष गरेका ठेकेदार बराल भन्छन् हामीले थालेको काम कुनैपनि अधुरा छैनन् । समय पूर्वनै हामी कामलाई पुरा गर्दै आएका छौँ हाम्रो निर्माण भइरहेका सबै योजना समयमै पुरा गछौँ ।
सडक निर्माणको जिम्मा लिएका धेरै ठाउँमा ठेकेदारहरुको लापरवाहीका कारण समयमा काम नबने र ढिला सुस्ती हुने गरेका समाचार सार्वजनिक हुँदै आएका छन् । मेचीनगरमा समेत नागरिक सचेत हुन आवश्यक छ । ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु