मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने

2022-06-14 मा प्रकाशित

काँकरभिट्टा, ३१ जेठ । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।
मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘भोलि अर्थात असार १ गतेदेखि भदौ मसान्त सम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामाग्री झिकेको थाहापाए कानुनी कारवाही हुने उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहालले असार १ गतेदेखि तीन महिना लागु हुने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेका छन् ।

सरकारले देशभर असार १ गतेदेखि तीन महिना नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु