दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

2022-06-18 मा प्रकाशित

मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्कीले सामन्तबादी साोचका कारण बर्षाैदेखि समाजमा जरागाडेको जातिय बिभिद अन्त्यको लागि हरेक व्यक्तिको सोचमा परिवर्त आउनु पर्ने बताए । समाज रुपान्तरणको अभियानमा छ , प्रमुख अतिथि कार्कीले भने,‘व्याक्तिको सोच र चेतनाको विकास हुने क्रम बढ्दो छ । बिभेद अन्त्यको लागि अझै समाजमा सचेतना जगाउनु अवश्यक छ ।’ समाजमा जातिय बिभेद गर्नु दण्डनीय अपराध भएको वडाध्यक्ष कार्कीको भनाई थियो ।

कार्यक्रममा ललित उत्थान समन्वय समिति मेचीनगर ८ का अध्यक्ष पदम रुचाल, नेपाल राष्ट्रिय एकिकृत अपाङ्ग संघका केद्रिय सचिव सूर्य मंग्राती, मेचीनगर ७ की वडासदस्य शान्ता दर्नाल, रिता बर्देवा, राप्रपाका केन्द्रिय सदस्य गोपाल गजमेर, दोर्ण बागदास, दलित उत्थान समन्वय समितिका केन्द्रीय सचिव जगत घिमिरे लगायतले बोलेका थिए ।
बिमला बिश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिवेक विश्वकर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु