मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

2022-06-21 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ ।
वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न र जनसरोकारका विषयलाई प्राथमिकता दिएर बजेट बनाउन जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।
वडामा कालोपत्रे सडकदेखि स्वास्थ्य, शिक्षा, कृषि, मल, सिँचाईलगायतका विषयलाई बजेटमा प्राथमिकता दिनु पर्ने अधिकांश बक्ताको जोड थियो ।


वडाअध्यक्ष कनकबहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा वडाध्यक्षकार्कीले कार्यक्रमको औचित्य प्रकास पार्दै सबैखालका समस्यालाई महत्वका हेर्ने र प्राथमिकताका आधारमा कार्ययोजना बनाउने बताए । वडाध्यक्ष कार्कीले निर्वाचन पछि आफूहरु सवै वडाबासीको साझा प्रतिनिधि भएको बताउँदै कहिल्यै कसैमाथी विभेद र अन्याय हुन नदिने उद्घोष गरे ।
कार्यक्रममा टोल विकासको तर्फबाट कृष्णबहादर राई, रंगलाल गिरी, तेजीमाया राउत, धार्मिक तथा सामाजिक संघ संस्थाका तर्फबाट हरि मगर, ज्योती प्रकास पाठक, दिलिप सुब्बा, नेकपा माओवादीका तर्फबाट हरि गिरी, जनता समाजवादीका तर्फबाट यामबहादुर सावदेन, नेपाली काँग्रेस ५ नम्बर वडा सभापति नारायण खड्का , नेकपा एमाले मेचीनगर ५ का वडा अध्यक्ष रविन राउत लगायतले बोलेका थिए । कार्यपालिका सदस्य माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव यशु लिम्बूले गरेका थिए ।

सो अवसमा बिभिन्न टोलमा रहेका समस्याहरुलाई टोल संयोजक तथा सदस्यहरुले लिपीवद्घ गरेर वडाध्यक्ष कार्कीलाई बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु