नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम

2022-06-23 मा प्रकाशित

मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीले ४३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई हस्तान्तरण गरिएको छ । प्राविधिकहरु विज्रेस सुवेदी, सविता लिम्बु र आष्मा लिम्बुले रगत संकलन गरेका थिए ।
संगठनले सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीका अध्यक्ष राकुमार सुवेदीको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आयोजकले नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, वडानम्बर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ , वडासदस्यहरु धृवकुमार राई, सीमा रसाइली, भवेन्द्र सुब्बा र अञ्जु थापालाई खादा र टिका लगाएर सम्मान गरेको छ ।
सम्मान पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरभित्र असंगठितरुपमा रहेका विभिन्न क्षेत्रका मजदुरहरुको अभिलेख राखेर उनीहरुको हक, हित अधिाकरका लागि स्थानीय सरकार लागिपर्ने बताए ।

हरेकक्षेत्रका मजदुरहरुको समस्या समाधानकालागि स्थानीय सरकारले कसरी सम्बोधन गर्न सक्छ र उनीहरुका दैनिक आधारभूत आवश्यकता पुरा गर्न सकिन्छ भन्नेमा मेचीनगर नगरपालिका सधै गम्भीर रुपमा लागिरहेको उनको भनाई थियो ।

काँकरभिट्टा स्थित लक्ष्मीनारायण मन्दिर पसिरमा आयोजित कार्यक्रममा कार्यक्रमकी विशेष अतिथि उपप्रमुख मीना उप्रेती, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य खडानन्द भण्डारी, नेपाल ट्रेड यूनियन महासंघ जिफण्ड मेचीनगर अध्यक्ष एकराज तिम्सिना, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले बोलेका थिए ।

संगठनले सो अवसरमा एकजना यातायत चालकको परिवार र एक जना यातायात चालकलाई राहत उपलब्द गराएको छ । संगठनले हिरासत राहात कार्यक्रम अन्तरर्गत चालक प्रकास शाहालाई र मृत्युराहत कार्यक्रम अन्तरर्गत चालक स्व. टिका दनुवारको परिवारलाई राहत उपलब्ध गराएको हो ।

संगठनका उपाध्यक्ष मानबहादुर तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु