मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख

2022-06-24 मा प्रकाशित

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा उपमेयर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्चतर्फ ७० करोड ४० लाख ४० हजार १६ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा नगर स्तरीय, वडा स्तरीय, संघबाट वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान, प्रदेश वित्तीय हस्तान्तरण मार्फत विषयगत सर्शत अनुदान, ऋणको सावा व्याज भुक्तानी र सम्पुरक कोषको शिर्षकमा रकम छुटाईएको छ ।

१५ वटा वडाहरुमा वडा स्तरीय आयोजनाका लागि १५ करोड र मसलन्द खर्च वापत ७७ लाख, नगरस्तरीय आयोजनाका लागि प्रशासनिक खर्च वापत २१ करोड विनियोजन गरिएको छ ।

मेचीनगरले संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ ४० करोड ४६ लाख, प्रदेश सरकारबाट पुँजीगत खर्चबाट ११ करोड १२ लाख ३ हजार रुपैयाँ, ऋण सावा व्याज भुक्तानीतर्फ ६ लाख र सम्पुरक कोषमा ५ करोड छुटाईएको छ ।

आज सुरु भएको नगरसभा असार १७ गते समापन हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु