गण्डकीका अर्थमन्त्री बरालको पद जोगियो

2022-06-25 मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो ।

तर शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको छ । मुख्यमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र अर्थ सचिव बसेर निकास खोज्न निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु