नेपाल डेरी एसोशिएसनको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका चिमरिया

2022-06-27 मा प्रकाशित

झापा,१३ असार । नेपाल डेरी एसोशिएसन केन्द्रिय समितिको बरिष्ठ उपाध्यक्षमा मेचीनगरका राजन चिमरिया चयन भएका छन् । असार १० र ११ गते हेटौंडमा सम्पन्न नेपाल डेरी एसोशिएसनको २२ साधारण सभा तथा ८ औं केन्द्रिय महाधिवेशनबाट मेचीनगर १२ स्थित रितिका डेरी उद्योगका सञ्चालक चिमरिया बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चिमरिया यस अघि एसोशिएसनको प्रथम उपाध्यक्ष रहेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु