अविरल बर्षाको कारण झापामा २ सय घर ढुवानमा, सयौं घर बाढीको उच्च जोखिममा

2022-06-28 मा प्रकाशित

झापा, १४ असार । अविरल रुपमा आएको बर्षाका कारण झापामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् ।
गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आउँदा वडानम्बर ४ र ५ का ५० घर डुबानमा परेका छन् । त्यस्तै भद्रपुरमा २५ घरमा बाढी पसेको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको जिल्ला रेडक्रसले जनाएको छ ।

बर्खा लागेसँगै यहाँका सबैजसो नदी र खोलमा पानीको सतह बढेकोका कारण बस्तीहरु जोखिममा परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु