देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायिक कृषिमा जोड दिनु पर्छ ः कोइराला

2022-06-29 मा प्रकाशित

चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायीक कृषि प्रणाली अपनाउनु पर्ने बताएका छन् ।
आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले सो कुरा बताएका हुन् ।

देशको अर्थतन्त्र उकास्न पनि व्यवसायिक कृषिमा जोड दिनु पर्ने उनको भनाइ थियो ।


कार्यक्रममा प्रमुख अतिथि कोइराला, एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नगर अध्यक्ष राजु पोखरेल, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल लगायत नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका थिए ।

विहानैदेखि अविरल पानी परिरहेको भएपनि नेता कार्यकर्ता तथा जनप्रतिनिधि तथा महिलाहरु बालुबाढीको एक स्थानीय किसानको जग्गामा पुगेर विहान ७ वजेदेखि १० वजेसम्म हिलो र पानीमा छमछमी नाच्दै धान रोपेका थिए ।

यस्तै मेचीनगरका विभिन्न स्थानमा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका छन् ।

अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र सञ्चालन महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु