बाढीको वितण्डा ः भद्रपुरमा पक्की पुल बग्यो

2022-06-29 मा प्रकाशित

भद्रपुर, १५ असार । झापा सदरमुकाम भद्रपुरको वडा नं. १० मा सेती खोलाले पक्की पुल बगाएको छ ।

देउनिया पुल उत्तरतिरबाट चन्द्रगढ जाने सडकमा रहेको सो पुल मंगलवार बाढीले भत्काएपछि आवागमन बन्द भएको वडाध्यक्ष काजी खड्काले जानकारी दिए ।

सो स्थानमा फेरि पुल बनाउन लगभग एक करोड रुपैयाँ लाग्ने उनको भनाई छ ।

खोलामा पानीको बहाव नघटेका कारण अस्थायी आवागमनका लागि काम गर्न नसकिएको उनले बताए । सो स्थानमा बाँसको अस्थायी पुल बनाउने वडा कार्यालयको तत्काल योजना छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु