बालकल्याण माविलाई खानेपानी हस्तान्तरण

2022-07-01 मा प्रकाशित

काँकरभिट्टा, १७ असार । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२÷२०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ ।

सन् २०२१÷२०२२ को आयोजना अन्तर्गत बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर–५ मा निर्माण गरिएको नवनिर्मित शुद्घ पिउने पानी परियोजना शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेर समितिले पदभार ग्रहण गरेको हो ।

सन् २०२१÷२०२२ र सन् २०२२÷२०२३ का अध्यक्ष क्रमस रोहितकुमार बुढाथोकी र सुजन प्रधानले संयुक्तरुपमा विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेलाई परियोजनाको साचो हस्तान्तरण गरे । ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२÷२०२३ को अध्यक्षमा सञ्चार उद्यमी सुजन प्रधान चयन भएका छन् । उनी हव डिजीटल मिडिया प्रालिका प्रवन्ध निर्देशक हुन् । अध्यक्ष प्रधान सन् २०१० देखि वा रोटरी क्लब अफ काँकरभिट्टाको स्थापनाकालदेखि नै आवद्घ छन् ।

यसैगरी प्रेसिडेन्ट इलेक्टमा इञ्जिनियर रुद्र मैनाली, प्रेसिडेन्ट नोमिनी डाक्टर आनन्दराज खनाल तथा भाइस प्रेसिडेन्ट मेदनीप्रसाद खरेल र विजया तामाङ रहनु भएको छ ।

इमिडेट पास्ट प्रेसिडेन्टमा रोहितकुमार बुढाथोकी, सेक्रेटरीमा भगिरथ राई, जोइन्ट सेक्रेटरीमा जीवन भट्टराई, क्लबको चेयर एडमिनिस्ट्रेसनमा उदयकुमार श्रेष्ठ चयन भएका छन् । ट्रेजररमा नवराज ९कृष्णकान्त० खनियाँ सर्वसम्मत चयन भएको क्लबले जनाएको छ ।

मेम्बरसिप कमिटी चेयरमा लक्ष्मीदेवि खनियाँ, पब्लिक इमेज चियर मोहन निरौला, सर्भिस प्रोजेक्ट चयर दीपेन्द्रराज पाण्डे, द रोटरी फाउण्डेशन चियर बालकुमार घिमिरे चयन भएको सेक्रेटरी राईले जानकारी दिए । युथ चेयरमा रविचन्द्र नेपाल र सर्जन्ट एट आम्र्समा कृष्ण पौडेल चयन भएका छन् ।

परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दैं निवर्तमान अध्यक्ष रोहितकुमार बुढाथोकीले सम्बन्धित वडाले परियोजनाको लागि केही बजेट विनियोजन गरेपछि रोटरीले समेत थप रकम लगाएर करीव ३ लाख बढी रुपैयाँमा परियोजना सम्पन्न भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीले रोटरीले यो शहरदेखि निक्कै टाढा रहेको गाउँको विद्यालयमा परियोजना सम्पन्न गरेकोमा रोटरीको प्रंशसा गदैं आगामीदिनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्घता व्यक्त गरे ।

विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेले यसको सञ्चालनमा कुनै समस्या आउन नदिने तथा संरक्षण र प्रयोगमा लाग्ने प्रतिवद्घता व्यक्त गरे ।

यसअघि क्लबले मेचीनगर–५ को मेची आधारभूत विद्यालय, मेचीनगर–७ स्थित मदन वस्तीमा मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालय, मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा शुद्घ पिउने पानी परियोजना हस्तान्तरण गरेको प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले बताए । मेचीनगर–४ मा रहेको पशुपति माविमा शुद्घ पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारी छ ।

कार्यक्रममा एजी राधिका गुरुङ, क्लबका पूर्व अध्यक्ष राजु महर्जन, क्लबको एडमिनिस्ट्रेसन चियर उदयकुमार श्रेष्ठ, ट्रेजररमा नवराज ९कृष्णकान्त० खनियाँ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु