मागुरमाडी वनले दियो विपन्न उपभोक्तालाई घर छाउन टिन

2022-07-03 मा प्रकाशित

धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ ले आइतबार अति विपन्न वर्गका ९ उपभोक्ता घरपरिवारलाई जस्तापाता ९टिन० सहयोग गरेको छ ।
समूहको गरिबी न्यूनीकरणका लागि विपन्न आवास मर्मत कार्यक्रम अन्तर्गत प्रतिउपभोक्ता २० पाता टिन निःशुल्क दिइएको हो । समूहले विपन्न उपभोक्ता शंकर तामाङ, देवराज लिम्बू, जुनविरा राई, पदम पाण्डे, सुकमाया लिम्बू लावती, ऐतना मुन्डा, गंगाबहादुर विक, बलबहादुर कुमाल, भिमबहादुर थापाको घर छाउन टिन उपलब्ध गराएको समूहका कार्यालय सचिव तीर्थ खड्काले जानकारी दिए ।
समूहका सहसचिव भीष्म प्रसाईंको संयोजकत्वमा बनेको अनुगमन समितिले विपन्न उपभोक्ताको पहिचान गरेको थियो । समितिले छनोट गरेको आधारमा उनीहरुलाई टिन उपलब्ध गराइएको हो । अनुगमन समितिमा कल्पना थापा मगर र महेश सुवेदी सदस्य थिए ।

समूहको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच विपन्न उपभोक्तालाई टिन हस्तान्तरण गरिएको थियो । समूहका अध्यक्ष अमर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा समूहका सल्लाहकार संयोजक भक्तिप्रसाद आचार्यले मन्तव्य राखेका थिए । वन समूहले उपभोक्ताको हितमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसैवर्ष समूहले विपन्न उपभोक्ताको परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा पनि जोडेको छ । समूहले विपन्न ५० घर परिवार उपभोक्ताको स्वास्थ्य बीमा गरिदिएको समूहकी सचिव कमला गौतमले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु