सूचनाको हकमाथि ‘लगाम लगाउँदै ’ मेचीनगर

2022-07-07 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामा मार्फत यस आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । नगरको बजेट कस्तो आयो यो आम नगरवासीको लागि चासोको विषय हो तर सूचनाको सम्बाहक सञ्चारकर्मीलाई समेत थाहा नदिई मेचीनगरले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो ।
हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने प्रचलनलाई यसपाली लत्याइएको छ । जनतालाई सही जानकारी र सूसुचित गराउन सञ्चारमाध्यमलाई रिपोर्टिङ गर्न आमन्त्रण गरिन्छ । तर, मेचीनगरले विहीबार सञ्चारकर्मीलाई खबर नै गरेन । जसका कारण आम मेचीनगरबासीले जानकारी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
केही पत्रकार ‘नगर सभा अरे’ भन्दै नगरपालिका पुगेका थिए । तर, केही क्षण बसेर उनीहरु फर्किएका थिए । नगर सभामा पुगेका मेचीनगरका एक सञ्चारकर्मीले भने, ‘स्थानीय सरकारले सूचनाको हकमा बन्देज लगाउने काम भएको जस्तो देखियो । जसले गर्दा आम नगरबासीलाई सही सूचना दिन नसक्ने अवस्था सिर्जित भएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु