एनएमसीको सञ्चालक समितिको विस्तरित बैठक बिर्तामोडमा सम्पन्न

2022-07-09 मा प्रकाशित

डम्बर बराल

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एन एम सी )ले सञ्चालक समितिको विस्तरित बैठक शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ ।
बैठकमा आर्थिक वर्ष २०७९÷०८०को बजेट, आन्तरिक कार्यविधिमा परिमार्जन तथा थप व्यवस्था लगायतका विषयमा व्यापक छलफल भएको थियो । छलफलमा सञ्चालक समिति , व्यवसायगत बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, एकाइ समितिका संयोजक तथा सदस्यहरुको र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले ०७९÷०८० को लागि आन्तरिक कार्यविधिमा परिमार्जन तथा थप व्यवस्थाका बारेमा विस्तृत जानकारी गराउनु भयो । त्यसैगरी समग्र व्यवसायको वित्तीय अवस्था र आव ०७९÷०८०को बजेटका बारेमा सूर्य प्रकास भट्टराईले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णु प्रसाद गौतमले आगामी दिनमा सहकारी तथा बिभिन्न व्यवसायको वित्तीय अवस्था थप सुधार गर्न सञ्चालक समिति र कर्मचारीहरुले निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा सुझाव दिनु भयो ।
कार्यक्रममा चिया व्यवसायका संयोजक दिलिप सुब्बा, सहकारी व्यवसायका संयोजक सूर्य प्रकास मैनाली, एकीकृत नमूना कृषि फर्मका संयोजक केशव पोख्रेल लगायतले आ–आफ्नो व्यवसायमा भएका प्रगति विवरण तथा आगामी दिनमा सुधार गर्नुपर्ने कामका बारेमा प्रकास पारेका थिए ।
कार्यक्रमको अवसरमा एनएमसीसँग अवद्ध भएर हालै स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले खादा र टिका लगाएर सम्मान गर्नु भएको थियो ।


कार्यक्रममा सहभागिहरुले उठाएका बिभिन्न जिज्ञासाका बारेका अध्यक्ष उप्रेतीले प्रष्ट पार्नु भयो ।
सञ्चालक सदस्य डम्बर बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य ठाकुर शिवाकोटी र सावित्रा दाहाल(भट्टराई)ले गर्नु भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु