२३ औँ वैवाहिक वर्षगाँठको अवसरमा सजित र बिमलाद्धारा बिमारीलाई उपचार सहयोग

2022-07-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर ६का सजित तामाङ्ग र बिमला तामाङ्गले आफ्नो २३ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगर क्षेत्रका चार जना बिमारीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेकाछन् ।लायन्स क्लब अफ मेचीनगरका सचिव समेत रहेका तामाङ्गले आइतवार मेचीनगर ६ की ४४ वर्षीय लक्ष्मी खनाललाई पचहत्तर हजार उनकै निवासमा लगेर सहयोग गरेका थिए ।यसै गरि मेचीनगर १२का ब्लड क्यान्सर पिडित १९वर्षीय राजकुमार विश्वकर्मालाई पचहत्तर हजार ,मेचीनगर ५का ८६ वर्षीय दीर्घ रोगी शरजलाल धिमाललाई बिस हजार र मेचीनगर १०की अनिता राजवंशीलाई दश हजार रुपैयाँ स्वास्थ्य उपचारका लागि सहयोग गरेका छन् ।


आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारमा समस्या झेलिरहेका परिवारका लागि आफ्नो सानो सहयोगले केही भए पनि राहत हुने तामाङ्गले बताए । विगत ५ वर्ष देखि मुटुरोगले थलिएकी लक्ष्मी खनालको उपचारमा तामाङ्गले गरेको यो आर्थीक सहयोगले ठूलो राहत भएको उनका श्रीमान कृष्ण खनालले बताए ।बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत विश्वकर्मालाइ तामाङ्गले अस्पतालमै गएर सहयोग रकम हस्तान्तरण उनका दाजु एजित विश्वकर्माले उपचारका लािग सहज भएको बताए । प्यारालाइसिस रोगबाट थलिएकी अनिता राजवंशीले तामाङ्गले गरेको आर्थीक सहयोग आफ्ना लागि ठूलो राहत भएको बताइन् । लामो समयदेखि दीर्घ रोगबाट ग्रसित धिमालको घरमै गएर सहयोग रकम हस्तान्तरण गरेपछि उनले भावुक हुदै सहयोगी मनलाई धन्यवाद दिएका थिए ।

वैवाहिक वर्ष गाँठलाई मानवीय सेवामा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आफुले कुनै तामझाम नगरि सानो हामी भन्दा कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचारमा गर्न नसकेर थलिएका जनहरुलाई थोरै भए पनि राहत पुगोस भन्ने ध्येयका साथ सहयोग गरेको बिमला तामाङ्गले बतइन् ।सहयोग हस्तान्तरण पश्चात भएको संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गर्भनर धिरज गुरुङ्ग९३२५ सि० ले लायन्स क्लब सदैव मानवीय सेवामा समर्पित हुने संस्था भएकाले समाजमा संस्था र संस्थामा आबद्ध सदस्यहरुले मानवीय सेवामा जुट्न आग्रह गरेका थिए । सो कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी लिला चिमरिया, भाईस डिस्ट्रिक गर्भनर नरनाथ सापकोटा, रिजन केयर परशन बाबरजङ्ग थापा, सचिव सजित तामाङ्ग, पत्रकार पर्वत पोर्तेल र लक्की तामाङ्गले आ आफ्नो धारणा राखेका थिए ।१ लाख ८० हजार रुपैयाँ मध्ये तीस हजार लायन्स क्लबका सदस्यहरुबाट संकलन गरिएको भाईस प्रिसिडेन्ट नवराज प्रधानले बताए । क्लबका सह सचिव अभिजित दवाडीको संचालन र अध्यक्ष मोहन मैनालीको सभापतित्व रहेको थियो भने संस्थाले विभिन्न समयमा सामाजिक क्षेत्रमा अन्य सरोकारवाल निकायसँग समन्वय गरेर विविध सामाजिक कार्यहरु गर्दै आएको र आगमाी दिनमा समेत गर्दै जाने ईन्टर नेश्नल रिलेसन सिप चेयरमेन डम्बर खवासले बताए । कार्यक्रमा संस्थापक अध्यक्ष शंकर थापा,निर्वतमान अध्यक्ष शन्तोष आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु