पैनीमा डुबेर बालकको मृत्यु

2022-07-19 मा प्रकाशित

मेचीनगर । मेचीनगर ५ स्थित राममन्दिर टोलमा सोमबार एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । पैनीमा डुबेर पूर्ण बहादुर लिम्बूको दुुई बर्षीय छोरा  इनसाहाङ लिम्बुको निधन भएको हो । खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इनसाहाङलाई घरभन्दा २ सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेको र तत्काल बीएण्सी अस्पताल पुर्याएपनि डाक्टरले बच्चालाई मृत घोषित गरेको थियो । त्यसपछि पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगिएको थियो । पोष्टमार्टम पछि सोमबारै धुलाबारी स्थित रामघाटमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु