विधुत आपूर्ति सहज बनाउन माग गर्दै एमालेका कार्यकर्ताले बुझाए विधुत प्राधिकरणमा ज्ञापन

2022-07-19 मा प्रकाशित

मेचीनगर, ३ साउन । अनावश्यक रुपमा लोडसेटिङ गरेर उपभोक्तालाई सास्ती दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताले आज धुलावारीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् ।

नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए ।

माग पत्रमा छिन्छिन्मा विधुत आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

केही सातादेख विधुत प्राधिकरणले अनावश्यक रुपमा पटक पटक विधुत काट्ने गरेकोले विरोधमा उत्रनु परेको  एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले बताए ।

एमाले कार्यकर्ताको भीडले कार्यालय घेरेपछि जवाफ दिन आएका प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिल कुमार महतोले आगामी २ दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले गर्मी याममा सिञ्चाई, पंखा, फ्रीज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको समस्या आएको बताएका थिए ।

सो अवसरमा प्रदेश सांसद् श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं १० का वडाध्यक्ष नारायण खनाल, ७ का वडाध्यक्ष प्रलादमणि ओली, ९ का वडाध्यक्ष कञ्चन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु