वीपी दुरदर्शी डाइनामिक नेता हुनुहुन्थ्यो ं सिटौला

2022-07-22 मा प्रकाशित

रेवतिराज घिमिरे
भद्रपुर ६ साउन । महानायक विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा झापाको भद्रपुर १० स्थित विपी चोक चन्द्रगढीमा विपीको शालीकमा माल्याअर्पण सहित कोण सभा सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा शुक्रवार आयोजीत कार्यक्रममा चन्द्रगढी स्थित धनषमोडमा रहेको विपीको शालीकमा माल्याअर्पण गर्दै कोण सभा सम्पन्न गरी दिवस मानाईएको हो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामंत्री कृष्ण प्रसाद सिटौलाले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्तकै कारण मुलुकले गणतन्त्र स्थापना गर्न सफल भएको बताउदै वीपी दुरदर्शी डाइनामिक नेता भएको बताउनु भयो ।
उहाँले बर्तमान् सरकारले सबै नेपालीलाई नागरित्ता दिलाउने उदेश्यले नागरित्ता बिधेक फिर्ता लियर नयां बिधेक ल्याउन लागेको भन्दै नयां बिधेक पारित भए पश्चात सबै नेपालीले सहजै नागरित्ता प्राप्त गर्ने बताउनु भयो ।
नेता सिटौलाले उत्त बिधेक पारित नभए मुलुकमा अर्के समस्या आउने भन्दै बिधेक पारित गरेरै छाड्नु पर्ने र नागरित्ता सम्बन्धि सबै समस्या समाधान गर्नु पर्ने बताउनु भयो ।
आगामी संसदिय निर्वाचनमा कांग्रेस पार्टीलाई बहुमतको सरकार बनाउने गरि निर्वाचन जिताउन जनता माझ जान सबै कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।
विगत केपी ओलीको सरकारले कुनै पनि काम गर्न नसकेको बताउदै आगामी निर्वाचनबाट पार्टी एक्लैले बहुमत प्राप्त गर्ने सिटौलाको भनाई छ ।
कार्यक्रममा नेपाली कांगे्रस झापा सभापति देउकुमार थेवे, महिला नेतृ गोमा भट्टराई लगाएतले बोल्दै वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त बमोजीम नेपाली कोंग्रेसको नेतृत्वमा देशमा अहिले सम्मका सबै परिबर्तन हुदै गण्तन्त्र सम्म आएको बताउनु भयो ।
नेपाली कांग्रेस भद्रपुर नगर सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत वी प्रतिष्ठान चन्द्रगढीका कार्यबाहक अध्यक्ष पुष्कल भट्टराई र संचालन भद्रपुर १० पार्टी सभापति विष्णु काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश मंत्री ओमप्रकाश सरावगी लगाएतका पार्टी महाधिबेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधि लगाएतका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । सोह सभामा वीपीको शाालिकलाई पुनं निर्माण संगै रंगलोन गरिने समेत निर्णय गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु