विपीको स्मृति दिवसमा मेचीनगरको ईटाभट्टामा रक्तदान

2022-07-22 मा प्रकाशित

मेचीनगर, ६ साउन । विपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मेचीनगर ७ नम्बरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
इटाभटमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा धुलाबारी र बिर्तामोड रेडक्रसको प्राविधिक सहयोग रहेको थियो ।


नेपाली काँग्रेस वडा सभापति कञ्चन बरालको सभापतित्वमा आयोजित कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, धर्मराज घिमिरे, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, युद्धराज ओली, क्षेत्र क सभापति हरि बुढाथोकी, क्षेत्र क का क्षेत्रीय सह सचिव दीपक काफ्ले, मेचीनगर उपसभापति योगेन्द्र थापा ,  क्षेत्रीय प्रतिनिधि कुसुम कोइराला, वडा उपसभापति माधव आचार्य, वडा सचिव रमेश भेटवाल लगायतको उपस्थिति रहेको थियो ।
बीपीको स्मृति दिवसको अवसरमा शुक्रबार साँझ ईटाभट्टा चोकमा दिप प्रज्वलन समेत गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु