नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रिय समितिको सातौँ वार्षिक साधारण सभा सम्पन्न

2022-07-25 मा प्रकाशित

मेचीनगर । नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रिय समितिको सातौँ वार्षिक साधारण सभा सोमबार मेचीनगर ५ स्थित माङहिम टोलमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हरि कुमार मगरको सभापतित्व तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि मैनालीले देश र समाज रुपान्तरणमा धार्मिक संघ संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । धर्मले हरेक व्याक्तिलाई सहिबाटोमा डोर्याउने उनको भनाई थियो । हरेक व्याक्तिले आफ्नो कर्म अनुसारको फल पाउने बताउँदै जुनसुकै धर्मले पनि असल संस्कारको पालना गर्दै दिन दुःखीको सेवामा लाग्न अभिप्रेरित गर्ने गरेको बताए । देशमा लोकतन्त्रको स्थापना पछि राज्यले सबै धर्म भाषा र संस्कृतिको संरक्षण गरिहेको र कुनै धर्मलाई विभेद गर्ने राज्यको नीति नरहेको उनले स्पस्ट पारे ।


सो अवसरमा नागरिक संघको अवधारणका बारेमा टिकाराम आचार्यले प्रकास पार्दै जुनसुकै धर्ममा भएपनि बिचार परिवर्तन हुनु आवश्यक रहेको बताए । धर्मले समाजमा खासै प्रभाव नपार्ने तर असल विचार भएका व्याक्ति समाजमा उत्पादन भए देश र समाजले समृद्धि हासिल गर्ने बताए । आफूलाई आस्थाकै आधारमा राज्यले दण्डित गरेको तीतो यथार्त स्मरण गर्दे आस्थाको आधारमा अब कसैलाई विभेद गर्नु नहुने उनको भनाई थियो ।
कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, राष्ट्रिय गिर्जाघर महागुठी नेपालका पदम पराजुली, डा.मंगलमान महर्जन, केदार खड्का, रेस्क्यू नेपालका डाइरेक्टर जय कुमार थापा, लगायतले ख्रीष्टियन धर्मावलम्बीहरुलाई राज्यले अझै पनि बिभिद गरिरहेको बताए । मण्डली तथा चर्जहरुलाई राज्यले गुठी संस्थामा दर्ता गर्नु पर्ने उनीहरुको भनाई थियो ।
सो अवसरमा अध्यक्ष हरिकुमार मगरले अध्यक्षको प्रतिवेदन प्रस्तु गरेका थिए भने कोषाध्यक्ष आरती तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बिभिन्न व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमलाई रोचक बनाउन एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष आरती तामाङले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु