भुमीसुधार तथा मालपोत कार्यलय भद्रपुर द्वारा ८३ करोड २८ लाख बढी राजश्व संकलन

2022-07-26 मा प्रकाशित

रेवतीराज घिमिरे
भदपुर  । भुमीसुधार तथा मालपोत कार्यलय भद्रपुर झापाले आर्थिक बर्ष २०७८।७९ को असार मसान्त सम्मको एक बर्षमा झापाका १० वटा पालिका बाट विभिन्न शीर्षकमा जम्मा ८३ करोड २८ लाख ९ हजार ८ सय ३१ रुपैया राजश्व संकल गर्न सफल भएको छ ।
कार्यालयले पुंजीगत लाभकर शिर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २ सय ३५ , अग्रिम कर, १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षक बापत ४ लाख २५ हजार सहित उल्लेखित शीर्षकहरुबाट उत्त राजश्व जम्मा गरेको हो ।
यस आ.व.मा जम्मा ५१ हजार १ सय ९६ वटा लिखद दर्ताबाट सो संख्या बराबरको राजश्व संकलन गरेको कार्यलयका प्रमुख योग्रेन्द्र दुलालले बताउनु भयो ।
गत आर्थिक बर्षमा ७९ करोड,२६ लाख, २७ हजार ५ सय ९६ रुपैया राजश्व जम्मा भएको दुलालको भनाई छ ।
कोरोना कहर कम भए संगै अघिल्लो आर्थिक बर्षको भन्दा यस आ्व.मा राजश्व संकलनमा ६.७१ प्रतिसत बृद्धि भएको कायार्लयका मालपोत अधिकृत ज्ञानेन्द्र बहादुर भण्डारीले बताउनु भयो ।
झापाका १५ वटा स्थानीय तहहरु मध्य मेची नगरपालिका ,भद्रपुर ,कचनकवल ,विर्तामोड नगरपालिका , हल्दीवारी, ब्राहदर्शी, झापा ,अर्जुनधारा, कनकाईनगरपालिका र बुद्धशान्ति गांउपालिका सहितका १० वटा स्थानीय तहका जगाको किनबेच लगाएतका सम्पुर्ण कारोवारहरु गर्ने यस कार्यालयले सबैभन्दा बढी विर्तामोड नगरपालिकाबाट २० करोड,४५ लाख, ५९ हजार, ४ सय ९५ रुपैया र सबै भन्दा कम झापा गांउपालिकाबाट ७३ लाख ३३ हजार, ७ सय ३४ रुपैया राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु