एसइईको नतिजा आज दिउँसो प्रकाशित हुने

2022-07-27 मा प्रकाशित

झापा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज बुधबार दिउँसो प्रकाशित गर्ने जनाएको छ । बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको बोर्डले जनाएको छ ।

बोर्डले यसअघि पटक(पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा आज दिउँसो सार्वजनिक हुने जानकारी दिए । ‘नतिजा ग्रेड अनुसारनै सार्वजनिक गरिने बोर्डले जनाएको छ । एसइई परीक्षा गत वैशाख ९ गतेदेखि भौतिक उपस्थितिमै भएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु