गुराँस लाइफ इन्स्योरेन्सले दियो मृत्यु दावी भुक्तानीको ५२ लाख ५५ हजार

2022-07-28 मा प्रकाशित

डम्बर बराल
भद्रपुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर ८ निवासी स्व. सुदेश राईको परिवारलाई मृत्युदावी भुक्तानीको ५२ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीले बिहीबार भद्रपुर नगरपालिका ८ नम्बर वडाकार्यालयमा एक कार्यक्रम आयोजना गरेर मृतकको श्रीमति रुविना तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल, विशेष अतिथि उपप्रमुख राधा कार्की, कम्पनीका १ नम्बर प्रदेश प्रमुख गिरधर श्रेष्ठले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका थिए ।


सुदेशले २०७७ असार ३१ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा रु ५० लाखको जीवन बीमा गराएका थिए । प्रथम बीमा शुल्क ३ लाख ७२ हजार ६ सय रुपैयाँ भुक्तानी गरेका सुदेशको बीमा गराएको ३ महिना पछि २०७७ कार्तिक ३ गते सुतेकै अवस्थामा आकस्मिक निधन भएको थियो ।
चेक हस्तान्तरण पछि कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले समाजमा केही गरौँ भन्ने सोच बनाएका उर्जाशिल युवा सुदेशको निधनले भद्रपुर क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए । सकारात्मक सोचका धनी सुदेशले आफ्नो भविश्य र परिवारको सुखको लागि जीवन बीमा गराउनु भएको रहेछ । पोख्रलले भने, ‘आज उहाँको जीवन त रहेन तरपनि परिवारलाई मलम पर्टी लगाउने गरी इन्स्योरेन्स कम्पनीले रकम दिएको छ । यसले पक्कैपनि मलम पर्टीको काम गर्ने छ ।’ यस किसिमको कार्यक्रमले बीमा प्रतिको विश्वास बढेको नगर प्रमुख पोख्रेलको भनाइ छ ।
कार्यक्रमकी विशेष अतिथि उपप्रमुख राधा कार्कीले जीवन बीमा आज सबैका निम्ति अनिवार्य भएको बताइन् । जीवन रहँदा आफैले सदुपयोग गर्न पाइने जीवन नरहे परिवारलाई आर्थिक संकटबाट जोगाउन सहयोग पुग्ने यस किसिमको कार्यक्रमलाई गाउँ –गाउँमा पुगेर जनचेतना जगाउन र बुझाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा वडानम्बर ८ का वडाध्यक्ष गौरव सुब्बाले जीवन बीमाको ठूलो महत्व रहेको बताए । वडाध्यक्ष सुब्बाले सार्वजनिक रुपमा रकम भुक्तनीको कार्यक्रमले जीवन बीमा गराउनेहरुमा थप विश्वास बढेको बताए ।
कार्यक्रमका सभापति तथा कम्पनीका १ नम्बर प्रदेश प्रमुख गिरधर श्रेष्ठले जीवन बीमाको महत्वको बारेमा प्रकास पारेका थिए । जीवन बीमाको महत्व समाजमा अझै बुझाउन नसकेको अवस्था छ । बीमा गर्नु को अर्थ मरेपछि पाइने पैसा हो भन्ने बुझाई समाजमा अझै कायमै छ । त्यसलाई चिर्न जरुरी छ । श्रेष्ठले भने, ‘बीमाको अर्थ त्यो होइन् जीवन बीमा गराएपछि सो रकम आफैले सदुपयोग गर्ने हो आफू नरहेको खण्डमा मात्र आफ्नो परिवार र शन्ततिको भविश्यको लागि सो रकमले केही राहात मिल्छ ।’ कमाउने ब्याक्तिनै रहेन भने परिवारले आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ । त्यसैले सबैले जीवन बीमाको महत्व बुझ्न र बीमा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा वडानम्बर ५ का वडाध्यक्ष बन्धु कार्की, वडानम्बर ८ का वडा सदस्यहरु निमलाल राजवंशी, भगवती बस्नेत, लक्ष्मी परियार, तुलसा राजवंशी, गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडका क्षेत्रीय प्रवन्धक राजकुमार सिजापती , भद्रपुर उप शाखा कार्यालयकी निमित्त उपशाखा प्रमुख देवी श्रेष्ठ , काँकरभिट्टा उपशाखा प्रमुख अस्मिता सुब्बा, याम बुढाथोकी, एजेन्सी म्यानेजर म्यानेजहरु, रिता कार्की , भवानी राउत खड्का निशा फुयाल, विमित स्व. सुदेशका बुवा भूपाल राई, आमा लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।


कार्यक्रको सञ्चालन क्षेत्रीय कार्यालय बिर्तामोडका मार्केटिङ अफिसर अखिलेश्वर बोहोराले गरेका थिए । कार्यक्रमको संयोजन काँकरभिट्टका पर्व शाखा प्रमुख यामबहादुर बुढाथोकीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु