झापामा कोरोना संक्रमण बढ्यो, काँकरभिट्टामा उच्च सतर्कता

2022-07-28 मा प्रकाशित

मेचीनगर । नेपालमा केही साता यता कोरोना संक्रमण पून तीब्र रुपमा बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना बढेसँगै नेपालमा समेत त्यसको प्रभाव सुरु भएको हो । विशेषगरी भारतबाट नेपाल फर्किनेहरूमा कोरोना भाइरसको संक्रमण देखिएको त्यसको प्रभाव गाउँ गाउँमा पर्न थालेको  छ । चौथो लहर सुरु भइसकेको आशङ्का भइरहँदा झापामा संक्रमितहरु दिनप्रतिदिन थपिँदै गएका छन् ।

असार २० देखि साउन १० गतेसम्म जिल्लामा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । असार १९ गते अघिसम्म जिल्लामा संक्रमितको सङ्ख्या शून्य थियो । साउनदेखि सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको हो ।

साउन १ गते १७ जना, २ गते ६ जना, ३ गते ५ जना, ४ गते १२ जना, ५ गते १० जना, ६ गते १९ जना, ७ र ८ गते ३२ जना, ९ गते १२ जना र १० गते १२ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये अधिकांश संक्रमित भारतबाट आउनेहरू छन् । पूर्वी नाका काँकडभिट्टामा दैनिक भारतबाट आउने औसतमा दुई सयभन्दा बढी शङ्कास्पद यात्रुहरूको एन्टिजेन परीक्षण भइरहेको सीमा नाकामै खटिएकी स्वास्थ्यकर्मी शान्ता भण्डारीले जानकारी दिइन् ।

जसमध्ये औसतमा दैनिक १० देखि १३ जना मा कोरोना पोजेटिभ देखिएको छ । उनका अनुसार १० दिनमा ६९ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै काँकडभिट्टा नाकामा खटिएका नेपाल रेडक्रस सोसाइटी झापा शाखाका टोलीले औसतमा दैनिक ४० देखि ५० जनालाई कोरोनाविरुद्धको खोप लगाइरहेको शाखाका कार्यक्रम अधिकृत प्रकाश कार्कीले जानकारी दिए । भारतबाट आउनेहरूलाई जोनसेन एन्ड जोनसेन र भेरोसेल खोप लगाइदैछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु