एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ म्युजिक भिडियो

2022-07-31 मा प्रकाशित

मेचीनगर, १५ साउन । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ ।

चार मिनेट २० सेकेण्डको म्यूजिक भिडियोमा पुरानो परम्परा र नयाँ पुस्ताको युगको अन्तरलाई बुझाउने कोसिस गरिएको छ ।

म्यूजिक भिडियोको सुटिङ मेचीनगर–३ को विभिन्न स्थान, टोकला चिया बगन र काँकरभिट्टामा गरिएको थियो ।

मेचीनगर–३ स्थित थेसिस इङ्लिस स्कूलबाट भर्खरै एसईई पास गरेका नवोदित कलाकार रुचालले म्यूजिक भिडियोमा अघि बढ्ने सपना रहेको बताए ।

रुचाल पाँच वर्षदेखि म्यूजिक भिडियोको प्रशिक्षणमा छन् । उनलाई म्यूजिक भिडियोका प्रशिक्षक अर्जुन दाहालले प्रशिक्षण दिइरहेका छन् ।

म्यूजिक भिडियोमा कलाकारहरु सोही स्कूलका कक्षा १० मा अध्ययनरत छात्रा रितिका योगी, परिवर्तन थिएटरका कलाकार लोमस पौडेल लगायतको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु