नव दम्पतिले गरे सागरको उपचारमा दश हजार आर्थिक सहयोग

2020-06-28 मा प्रकाशित

मेचीनगर, १४ असार । मेचीनगरका एक नव दम्पतिले आफ्नो वैवाहिक कार्यको खर्चबाट केही रकम बचत गरेर सागर खड्काको उपचारका लागि सहयोग गरेका छन् । मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय खड्काले दोस्रो पटक ब्रेन ट्युमर भएपछि आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् ।

असार ११ गते विहीबार विवाह बन्धनमा बाँधिएका झापा मेचीनगरका सुशान्त थापा र स्वेच्छा बाँनिया थापाले उनको उपचारमा नगद दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । मेचीनगर —१० निवासी वेहुला थापा र मेचीनगर —१५ निवासी बाँनियाँले आइतबार ‘सागर खड्का उपचार सहयोग समिति’लाई रकम हस्तान्तरण गरेका हुन् ।

समितिका संयोजक गोपाल बस्नेत रसदस्यमा ऋषिराज तिम्सिनाले रकम ग्रहण गरेका थिए । सुशान्त एनआइसि एशिया बैंक शाखा धुलावारमिा कार्यरत छन भने स्वेच्छा वीएससी नर्सिङ हुन विर्तामोडको विएण्डसी अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्यरत छन् ।

विर्तामोडस्थित विर्तासिटी अस्पतालमा शुक्रबार खड्काको दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया भएको छ । उपचारमा आर्थिक अभाव भएपछि समितिले सहयोगका लागि सवै सहयोग आग्रह गरेको थियो ।

विवाहमा हुने अनावश्यक खर्च नगरी खड्काको उपचारमा केही राहत पुगोस् भन्ने हेतुले थोरै भए पनि एउटा मानवीय कार्यमा नवदम्पतिले रकम लगाएको प्रतिक्रिया दिएका छन् । समितिले स्वेच्छिक सहयोग जुटाएर खड्काको उपचारमा मदत पुर्याउने संयोजक बस्नेतको भनाई छ । करिव ५ देखि ७ लाख रुपैयाँ खर्च अनुमान गरिए पनि अहिले ५० हजार रुपैयाँ संकलन भएको छ । सहयोग रकम निरन्तर प्राप्त भइरहेको उनको भनाई छ ।

२०७३ साल भदौं २ गते विर्तामोडको बीएन्डसी हस्पिटलमा न्यूरोसर्जन डा। सीपी लिम्बुले उनको टाउकाको शल्यक्रिया गरी ब्रेनको ट्युमर फालेका थिए । तर चार वर्षपछि सोही ठाउँमा ट्युमर बल्झिएपछि डा। सीपी लिम्बु नेतृत्वको चिकित्सकको टोलीले विर्तामोडको बिर्तासिटी हस्पिटलमा शल्यक्रिया गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु