पाँचौं कार्यकालका लागि प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण

2022-08-15 मा प्रकाशित

मेचीनगर । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो ।

गत साउन २१ गते शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । थप एक सदस्य कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको छ ।

क्लबका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक सन्तोष आचार्यको सभापतित्वमा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेतीले नवनिर्वाचित अध्यक्ष बराललाई पदहस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रतिवद्धता मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष बरालले क्लबले आगामी दिनमा मेचीनगरका सबै सञ्चारकर्मीहरुको अपनत्व हुने गरी कार्यक्रमहरु अघि बढाउँदै लैजाने बताए ।

उनले पाँचौं कार्यकालका लागि कार्यसमितिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्वद्ध सबैमा आभार प्रकट गर्दै सबैको भावनालाई प्रतिनिधित्व गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा निर्वाचन समिति संयोजक तथा संस्थापक अध्यक्ष आचार्य, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष उप्रेतीलगायतले शुभकामना मन्तब्य राख्दै समग्र सञ्चारकर्मीहरुकोे हितमा काम गर्न नवनिर्वाचित समितिलाई सुझाव दिए ।

निर्वाचन समितिका सदस्य पौडेलले स्वागत तथा अर्का सदस्य निरौलाले सञ्चालन गरेको पदहस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान कार्यसमितिका पदाधिकारी, वर्तमान कार्यसमिति तथा मेचीनगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आइतबार नै कार्यसमितिको पहिलो बैठक ः

पदहस्तान्तरण भए लगत्तै कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले अधिवेशनमार्फत निर्वाचित गराउने निर्वाचन समिति, आम सञ्चारकर्मी तथा सरोकारवाला सबैमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।

त्यस्तै बैठकले क्लबको नियमित मासिक बैठक हरेक महिनाको अन्तिम आइतबार आयोजना गर्नेसमेत निर्णय गरेको क्लबका उपाध्यक्ष जीआर धितालले बताए ।

अधिवेशनमार्फत संशोधित विधानलाई सम्बन्धित निकायसमक्ष पेस गरिनेसमेत निर्णय भएको छ ।

साधारण सभाको बन्दशत्रले समावेशी उपाध्यक्षसहित १३ सदस्यीय कार्यसमिति रहने गरीको विधान संशोधन गरेको थियो जसमा थप एक सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था गरेको छ । कार्य समितिको कार्यकाल दुई बर्षको रहने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु