महिला संघ मेचीनगर ५ द्वारा तीज विषेश कार्यक्रम सम्पन्न, १२ जना ज्येष्ठमाताहरु सम्मानित

2022-08-21 मा प्रकाशित

मेचीनगर । नेपाल महिला संघ मेचीनगर ५ वडासमितिको आयोजनामा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिए सँगै महिला संघले नगरका बिभिन्न वडामा तीज विशेषकार्यक्रम सुरु गरेको हो ।
मेचीनगर ५ स्थित श्री सिताराम मन्दिर परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् नेपाली काँग्रेसकी केन्दीय सदस्य गोमा भट्टराईले गरेकी थिइन् । सो अवसरमा १२ जना जेष्ठ माताहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कृष्णमाया अधिकारी,हर्कमाया कार्की, बशन्तिमाया मगर,फूलमाया गिरी, दिलमाया कार्की, पवित्रा विक लगायत रहेका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा सितारामा मन्दिरका जग्गादाता बेदमाया बराललाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा दिनभर महिला दिदी बहिनीहरुले छम्छमी नाचेर कार्यक्रमलाई रोचक बनाएका थिए । सो अवसरमा प्रमुख अतिथि भट्टराई, विषेश अतिथि मेचीनगर नगरपालिकाका पूर्व नगर प्रमुख, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य बिमल आचार्यले हरितालिका तीजको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा प्रदेश सदस्य शोभा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, तेजप्रसाद चौलागाँई, दुर्गाखतिवडा, सुशिला रिजाल, टिका सुवेदी, पुष्पराज पौडेल, प्रदेश क सभापति हरि बुढाथोकी, नगर उपसभापति योगेन्द्र थापा, क्षेत्रीय सदस्य भावना तामाङ्, प्रद्श क सदस्य चन्द्रकला विक, नेपाल महिला संघ क्षेत्रीय सभापति चरना घिमिरे, नेपाली काँग्रेस मेचीनगर ५ वडा सभापति नारायण खड्कालगायतको सहभागिता रहेको थियो ।


नेपाल महिला संघ वडा सभापति दुर्गा देवकोटाको सभापतित्व रहेको कार्यक्रममा स्वागत उपसभापति टंकमाया बराल र सञ्चालन उपसभापति पवित्रा गिरीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु