धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन तत्काललाई स्थगन

2022-08-21 मा प्रकाशित

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको आगामी भाद्र १८ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगन भएको छ ।
धुलाबारी खानेपानी आयोजना अन्र्तगत निर्माणको क्रममा रहेको सहलगानी आयोजनाको हर हिसाब फरफारक एवम् सञ्चालन तथा मेचीनगर–९ मा प्रस्तावित आयोजनाको डिपिआर कार्य पुरा भई तत्काल सम्झौता गरी ठेक्का लगाउनु पर्ने भएपछि तत्काललाई निर्वाचन कार्यक्रम स्थगन गर्नु परेको समितिका अध्यक्ष अजय घिमिरेले बताए ।
उक्त सहलगानीको कार्य पुरा भए धुलाबारी क्षेत्रमा पानीको अभाव नहुने अध्यक्ष घिमिरेको भनाइ छ ।
समितिले बिभिन्न रानीतिक दलको सुझावलाई समेत आत्मसाथ गरेर निर्वाचनको मिति सारेको सचिव कञ्चन तामाङ्ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु