![](https://mechiaawaj.com/wp-content/uploads/2022/08/pradeep-giri.webp)
झापा, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएपछि देशभर पार्टी कार्यकर्ताहरुले शोक व्यक्त गरेका छन् । झापाको मेचीनगरमा समेत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता हरुले पार्टी कार्यलयमा आधा झण्डा भुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
मेचीनगर समितिले आयोजना गेको उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि, प्रदेश सभापति क्षेत्रीय सभापति नगर सभापति लगायत पार्टी कार्यकर्ताहरुको सभागिता रहेको थियो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० मा निधन भएको छ थियो ।
लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।
गिरी २०१७ सालबाटै नेपाली राजनीतिमा लागेका थिए । बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले प्रदिप गिरीको राजनीति सानै उमेरबाट सुरु भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र संघ ९बनारस०को निर्वाचित उपाध्यक्ष थिए ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं। ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद्मा उनले नेपाली कांग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा बढी रुचि राख्थे ।
प्रतिकृया दिनुहोस्