निर्वाचन आचार संहिता जारी, स्थानीय तहको प्रतिनिधिले चुनाव प्रचार गर्न नपाउने

2022-08-29 मा प्रकाशित

झापा, १३ भदौ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।
निर्वाचन आचारसंहिताका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई चुनाव प्रचारमा सहभागि हुन रोक लगाएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई समेत चुनाव प्रचारमा रोक लगाउने गरी आचार संहिता जारी भएको छ ।
आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ । तर, निर्वाचनमा आफैँ उमेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउने अचार संहितामा उल्लेख छ । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न पाइने छैन ।

यसैगरी यसपटकको आचारसंहितामा आयोगले मौन अवधि शब्द नै हटाएको छ । आचारंहितामा मौन अवधि उल्लेख नगरी निर्वाचन हुनु ४८ घण्टा अघिदेखि पालना गर्नुपर्ने विशेष आचारण भनेर राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु