मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
४ जना आकांक्षीहरु बालाजित राई, ताराविर कटुवाल, गोपाल तामाङ र सुदय पनेरुको नाम चर्चामा थियो । त्यसमध्ये आकांक्षी उम्मेद्वार पनेरुले हात झिकेका छन् । प्रदेश समितिले राई, कटुवाल र तामाङको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ । वैठकमा विमल आचार्य, केशवराज पाण्डे, मणिकुमार उप्रेती, इन्द्रबहादुर बुढाथोकी, असोककुमार पोखरेल लगायतका नेताहरु थिए ।
वैठकमा क्षेत्र नं। १ को प्रदेशका सम्पूर्ण कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ‘क’ र ‘ख’ बाटै समानुपातिकमा महिला उम्मेद्वारहरुको नाम सिफारिस हुन बाँकी रहेको समितिले जनाएको छ ।
आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्