कांग्रेस क्षेत्र–१ प्रदेश ‘ख’ बाट ५ जनाको नाम सिफारिस

2022-08-31 मा प्रकाशित

मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘ख’ बाट पाँच जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘ख’ मा ५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिले प्रेम सम्बाहाम्फे, लालबहादुर थेवे, देवेन्द्र गौतम, लोकराज ढकाल र खड्ग पन्धाकको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

तीन जनाको नाम पठाउनु पर्नेमा ५ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।

सो नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ । वैठकमा विमल आचार्य, केशवराज पाण्डे, मणिकुमार उप्रेती, इन्द्रबहादुर बुढाथोकी, असोककुमार पोखरेल, सुदय पनेरु लगायतका नेताहरु थिए ।

वैठकमा क्षेत्र नं। १ को प्रदेशका सम्पूर्ण कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ‘क’ र ‘ख’ बाटै समानुपातिकमा महिला उम्मेद्वारहरुको नाम सिफारिस हुन बाँकी रहेको समितिले जनाएको छ ।

आगामी ४ मंसिरमा हुने प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्वारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु