मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि एनटिएनसिले देखायो चासो

2022-09-02 मा प्रकाशित

बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगी वासीले जंगली हात्तीबाट भोग्नु परेको समस्याको समाधानका लागि प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ ।

बाहुनडाँगी स्थित मेचीनगर वडा नं. ४ को कार्यालयमा भएको छलफमा एनटिएनसिका सदस्य सचिव शरदचन्द्र अधिकारी र कोष संचालक समिति सदस्य स्वाती थापा, मेचीनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कुमार कार्की, वडा सदस्य पवन बराइली र बाहुनडाँगी क्षेत्रका हात्ती प्रभावित स्थानीयहरु सहभागी थिए ।

छलफलमा बाहुनडाँगीमा बर्षाेदेखि समस्याको रुपमा रहेको हात्ती आतङक र त्यसाट परेको ्रभाव न्यूनीकरणको विषयमा वडाध्यक्ष कार्कीले जानकारी गराएका थिए । मानव र हात्ती द्धन्द व्यवस्थापनका छलफल थियो भने हात्ती न्यूनिकरणको लागि निर्माण गरिएको सोलारको समेत अवलोकन गरिएको थियो ।

अवलोकनको क्रममा स्थानीय राजन काफ्लेले सोलार फेन्सी हुँदा पनि खेतीबाली भारतीय हात्तीले सखाप पार्ने गरेको बताए । ‘हात्ती धेरै चलाख भइसकेको छ यो तार नाघेर भए पनि मेची किनारका खेती सबै सखाप पार्छ तर राहतको रुपमा नगरपालीकाबाट तीन हजार रुपैयाँ मात्र पाइन्छ, त्यही पनि वर्षौ लाग्छ’ कार्कीले दुखेसो पोखे ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापन गर्दा पर्यटन प्रबद्र्धनलाई केन्द्रमा राख्नुपर्ने वडा नं. ४ का वडा अध्यक्षको भनाइ छ । उनी भन्छन् ‘हात्तीको व्यवस्थापन गर्दा पर्यटकीय दृष्टिकोणले गर्नुपर्छ जसको कारणले यहाँ पर्यटन पनि भित्राउन सकियोस् र हात्तीको पनि स्थाई व्यवस्थापन होस् ।’ उनी हात्तीलाई खेदाउन भन्दा पनि निन्दा खोलाको किनारमा हात्तीले खाने फलफूलहरुको बाली लगाएर हात्तीलाई चराउन चाहन्छन् । हात्ती चरेको अवलोकन गराउन पर्यटन भित्राउन सकिने उनको भनाइ छ ।

त्यसै गरी एनटिएनसि कोषका अध्यक्षले आफू बाहुण्डाँगीको समस्या समाधानका लागि गम्भीर रहेको र बाहुण्डाँगीसँग सह–कार्य गर्ने इच्छा भएको बताए । उनी भन्छन् ‘बाहुण्डाँगीमा हात्ती समस्याको दिगो समाधानका निम्ति मलाई बाहुण्डाँगीसँग सह–कार्य गर्न मन छ, तपाईंहरुले साथ दिए हात्तीको दिगो समाधाज गर्न सकिने छ ।’

त्यसै गरी मेचीनगरका नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले हात्तीको समस्या जति सक्दो चाडो र दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले नगरपालिका कार्यालयमा एनटिएनसि कोषका सदस्य सचिवसँग बाहुण्डाँगीमा हात्ती समस्याको दिगो समाधान र पर्यटकीय प्रबद्र्धनको बारेमा छलफल गरेका छन् । हात्तीले दुःख दिएको बाहुनडाँगीलाई हात्ती नै देखाएर आर्थिक संमृद्ध बनाउनु पर्ने कुरामा उनले जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु