पत्रकार घिमिरे सहित डेढ दर्जन कर्मचारी सम्मानित

2022-09-04 मा प्रकाशित

भद्रपुर १९ भदौ । नेपाल निजामतिकर्मचारी युनीयन झापाले एक जना पत्रकार सहित डेढ दर्जन वहालवावा तथा अबकाश प्राप्त निजामती कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नेपाल निजामतिकर्मचारी युनीयन २१ औं स्थापना दिवसको अबसरमा उनीहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर लोकतन्त्र दैनिक र जनआन्दोलन साप्ताहिकका समाचारदाता भद्रपुर निवासी पत्रकार रेवतीराज घिमिरे सहित उत्कृष्ट कर्मचरी २ जना र अबकाश प्राप्त कर्मचरीहरु हरु १५ जनालाई सम्मान गरिएको हो ।
घिमिरेलाई कुशल पत्रकारको रुपमा सक्रिय रहेर समाज र राष्ट्रको परिवर्तनको वाहक बनेको भन्दै उत्कृष्ठ पत्रकारको रुपमा प्रमुख अतिथि प्रसाई तथा अध्यक्ष कविन्द्रविक्रम नेम्वाङ्ग लगाएतले प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरे ।
यसै गरी बर्ष उत्कृृष्ठ कर्मचारी पुरस्कारबाट सिअनमि अमिना श्रेष्ठ र ना सु तरुण शाहलाई समेत दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो भने संस्थामा रहेर युनयनलाई सहयोग पुर्याएको भन्दै अबकाश प्राप्त १५ जना कर्मचारीहरुलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईले निजामती कर्मचरीले जनगुनासोलाई समेट्ने गरी काम गर्न नसकेको बताइन् । प्रसाईले मुलुकको स्थायी सरकार नै निजामती कर्मचारी भएको उल्लेख गर्दै कर्मचारीकै कारण मुलुकमा भ्रष्टचार मौलाउदै गएको बताइन्,।
कार्यक्रमममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकरी छवि रिजाललले कर्मचारीले पद्धतीको सुधार गर्दै सबै कर्मचारीहरुले निष्पक्ष काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल निजामती आधिकारीक टे«ड युनीयन झापा अध्यक्ष लक्ष्मी गुरागाई , नेपाल निजामतीकर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, एकिकृत राष्ट्रिय कर्मचारी संगठन झापा अध्यक्ष निरोज कट्टेल , लगायतले तत्काल संघिय निजामती ऐन लागु गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ्गले औचित्यमाथि प्रकाश सहित स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन युनीयन सचिव चन्द्र पौडेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु