प्रदेश  १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

2022-09-05 मा प्रकाशित

झापा । प्रदेश नंंं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनी श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित थिइन् । ्

उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम छ । उृनको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । वि सं। १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिएकी स्वर्गीय धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी छन् ।

उनका परिवारमा श्रीमान् नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिलो छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु