झापा–१ बाट रविन कोइराला सर्वसम्मत सिफारिस

2022-09-05 मा प्रकाशित

मेचीनगर, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ ।
सोमबार काँकरभिट्टामा नेकपा एमाले झापा क्षेत्र नं। १ को क्षेत्रिय संमन्वय समितिको वैठकले झापा क्षेत्र नं। १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्र नं १ का क्षेत्रिय संयोजक टिकाराम मंग्रातीको अध्यक्षतामा बसेको वैठकले रविन कोइरालाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

नेता कोइराला संविधान सभा सदस्य, एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्लाका सहइन्चार्ज हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु