प्रमुख प्रशासकीय अधिकृत चौलागाई मेचीनगर आउने

2022-09-05 मा प्रकाशित

मेचीनगर, २० भदौ । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राज कपुर चौलागाई आउने भएका छन् ।
सोमबार सरकारले उपसचिव चौलागाईलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएको हो ।

चौलागाई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत थिए ।

मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा भएका छन् । सरकारले आज ५८ जना उपसचिवको सरुवा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु